सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ। २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको कम्पनीले आज आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो। कम्पनीले मुलुकभरी १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।
