SHARE
कालिका खबर · शनिबार ४ असो २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासहित त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्। नेकपा (एमाले) अर्घाखाँचीको सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरी घटनाको गहिरो अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए। ‘न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गर्नुपर्छ,’ उनले भने। आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी सिर्जना भएको बताए ।