लायन्स क्लब अफ ड्रिम्सका चार्टर प्रेसिडेन्ट भण्डारीको बाढीपीडितलाई ५० हजार आर्थिक सहयोग
काठमाडौँ । लायन्स क्लब अफ ड्रिम्सका चार्टर प्रेसिडेन्ट भुवन भण्डारीले बाढी तथा विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् । भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका लागि भण्डारीले सो रकम सहयोग गरेका हुन् ।
