SHARE
Kalo Pati · आइबार​ २५ असो २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।