बूढीगण्डकीमा आएको बाढीको जोखिम मुग्लिनसम्म, सतर्क रहन प्रहरीले माइकिङ गर्दै
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। महाशाखाका अनुसार उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान भनिएको छ।
