SHARE
Kalo Pati · शुक्रबार​ २३ असो २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको हो ।