‘राज्यको सम्पत्ति जलाएर कोही लोकप्रिय हुन सक्दैन’: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्ति तथा सञ्चारमाध्यममा आगजनी गरेर कोही पनि लोकप्रिय हुन नसक्ने बताएका छन्। सामाजिक सञ्जालको दुरुपयोगमार्फत भ्रम फैलाएर अराजकता मच्चाउने प्रवृत्ति हाबी भएको भन्दै उनले आपत्ति जनाएका हुन्।
