भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?
भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले त्यस क्षेत्रका जलविद्युत आयोजनामा पनि ठूलो क्षति पुगेको छ । बाढी आएको एक साता पुग्न लाग्दासम्म हाइड्रो कम्पनीको टनेलमा फसिएका भनेकाको उद्दार हुन सकेको छैन । यद्यपि नेपाली सेना र प्राविधिकहरुको टिमले उद्दारको प्रयास जारी राखेको छ।
