SHARE
पालिका पत्र · मङगलबार १६ भौ २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि अमृते सामुदायिक वनको एक लाख सहयोग

भलवाड, भदौ १६ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९, भर्तापुरस्थित श्री अमृते सामुदायिक वन उपभोक्ता समूहले बाढी प्रभावित नागरिकका लागि राहत सहयोग प्रदान गरेको छ । भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको उद्धार तथा राहतका लागि सामुदायिक वनले एक लाख रुपैयाँ सहयोग गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र