SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

यस्तो छ हालसम्म सुरुङमा फसेकाको उद्धारको प्रगति

नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धारलाई तीव्रता दिएको छ। भाद्र १० गतेदेखि हालसम्म नेपाली सेनाले ३ हजार ५९६ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३३८ जना विदेशी नागरिक छन्। स्थलमार्गबाट मात्रै २०० जनाको उद्धार गरिएको सेनाले जनाएको छ।