कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाको करोडौँको सम्पत्ति जोगियो ! नगद, सुन र कागजात सबै सुरक्षित !
काठमाडौँ । कृषि विकास बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको पाइएको छ। भदौ १० गते आएको बाढीले बगाएको बैंकको भल्ट सुरक्षितसाथ प्रहरीले भेटाएसँगै बैंकको नगद र सुन तथा महत्वपूर्ण कागजात सबै सुरक्षित रहेको हो। बाढीले बगाएको बैंकको त्रिशूली ढुंगे शाखाको दुई वटा भल्ट नेपाल प्रहरीले सुरक्षित रहेको जनाएको छ।
