SHARE
Kalo Pati · सोमबार १५ भौ २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

पृथ्वीराजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने

काठमाडौँ। काठमाडौँ जोड्ने मुख्य सडक नागढुंगा–मुग्लिन खण्डको कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाण्डौ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन ।