SHARE
Kalo Pati · सोमबार १५ भौ २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

बाजुराको बडीमालिका मेलाअवधिभर एक हजार बढीको स्वास्थ्य उपचार सेवा

काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र आस्थाको धरोहर बडीमालिकामा सञ्चालित स्वास्थ्य शिविरमा एक हजार बढिले सेवा लिएका छन् । जनैपूणिर्माको अवसरमा लागेको मेलामा त्यहाँ जाने तीर्थयात्रीमध्ये एक हजार बढिले उपचार सेवा लिएका हुन् । त्रिवेणी नगरपालिकाले तीर्थयात्रीहरूका लागि सञ्चालन गरेको स्वास्थ्य उपचार सेवामा सो सङ्ख्यामा उपचार सेवा दिइएको हो।