SHARE
पर्दाफास · सोमबार १५ भौ २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

देशभरका कुन सडकको अवस्था के छ ?

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्दा तथा बाढीको जोखिम बढेपछि यातायात ठप्प वा आंशिक रूपमा प्रभावित भएको हो।