नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन कठिन
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरोका कारण सडक अवरुद्द भएको छ । शुक्रबार साँझ ६ बजेदेखि खसेको खुक्खा पहिरोले अहिले १०० मिटर सडक पुरेको छ । शनिबार बिहानैदेखि सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खसिरहेकोले हटाउन असम्भव भएको प्रहरीले जनाएको छ ।
