SHARE
कालिका खबर · शुक्रबार​ ३ असो २०८२ ०८:४९ AM · 1 मिनेट पढाइ

संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने : कांग्रेस बैठकको निर्णय

काठमाडौँ : नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि संसद् विघटन गरेर नयाँ सरकार गठन भएको प्रक्रियामा असहमति जनाएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो। जेनजीको आन्दोलनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकको अध्यक्षता पार्टी उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परेर उपचारका लागि अस्पतालमै रहेकाले खड्काको अध्यक्षतामा बैठक बसेको हो। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा देउवा दम्पतीमाथि निवासमै आक्रमण भएको थियो। उनीहरूको निवास पनि जलेर ध्वस्त भएको छ।