SHARE
कालिका खबर · शुक्रबार​ ३ असो २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

विचार मिल्ने पार्टीसँग एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, ३ असोज । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ । केन्द्रीय सचिवालय बैठकका निर्णय आज सार्वजनिक गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल समेत गरेको छ ।