SHARE
कालिका खबर · शुक्रबार​ ३ असो २०८२ ११:४० AM · 1 मिनेट पढाइ

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौँ, ३ असोज । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले राससलाई जानकारी दिनुभयो । गत भदौ २३ गते र भदौ २४ गते कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए । त्यस दिन सिंहदरबारको मूलढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन ।