संविधान दिवसमा वीरगञ्जमा जनमत पार्टीद्वारा सहिदहरूलाई श्रद्धाञ्जली, समानुपातिक सहभागिताको माग
वीरगञ्ज — संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगञ्जस्थित सहिद स्मारकमा माल्यार्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। कार्यक्रममा विशेषगरी जेन्जी आन्दोलनका सहिदहरूलाई सम्झेर मौन धारणसहित श्रद्धासुमन अर्पण गरिएको थियो। जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भएको उल्लेख गर्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै अधिकार सम्पन्न प्रदेश र राज्यका हरेक अंगमा समानुपातिक सहभागिता सुनिश्चित गर्न अझै संघर्ष गर्नुपर्ने बताए। उनले जनमत पार्टीको “नौलो गणतन्त्र” विचारधाराअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सबै संवैधानिक अंग तथा आयोगहरूमा प्रतिस्पर्धा आधारित नियुक्ति आवश्यक रहेको उल्लेख गरे।
