२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६८, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।
