चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि चौधरी फाउन्डेशन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गरेका छन् । बुधबारको भयानक बाढीबाट प्रभावितहरूका लागि दुई संस्थाले संयुक्त रूपमा राहत प्याकेज घोषणा गरेका हुन् ।
