SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३ असो २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

तुइनखोलामा गुडिरहेको माइक्रोमाथि ढुंगा खस्यो

काठमाण्डु- चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइनखोला नजिक शुक्रबार साँझ पहिरो खस्दा सवारीसाधन र यात्रुहरू रोकिएका छन्। यात्रुहरूको भनाइअनुसार अचानक खसेको ढुंगाले गुडिरहेको माइक्रोबसमा ठोक्किँदा अगाडिको सिसा फुटेको छ। तर मानवीय क्षति भने नभएको प्रहरीको जानकारी छ। पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाण्डु जाने–आउने सवारीसाधन जाममा परेका छन्। बाटो अवरुद्ध बनेपछि यात्रुहरू अलपत्र परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी