निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ गेटा आँखा अस्पताल र शुक्लाफाँटा–१० वडा कार्यालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र विष्टका अनुसार जाँचका लागि आएका बिरामीमध्ये ८९ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।
