SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

भायानेटद्वारा बाढी प्रभावितका लागि २० लाख सहयोग

काठमाडौं। रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । विपद्का कारण प्रभावित व्यक्ति, परिवार तथा समुदायलाई राहत र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भायानेटले उक्त रकम प्रदान गरेको हो ।