जेनजीका शहीद र घाइतेका माग पूरा गर्न सरकार प्रतिबद्ध छ: कानूनमन्त्री गौतम
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले वर्तमान सरकारमाथि भरोसा राख्न आग्रह गरिन् ।
