भोटेकोशी बाढीमा बागलुङका नौ जना सम्पर्कविहीन
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि त्यहाँका जलविद्युत् आयोजनामा कार्यरत बागलुङका नौ जना सम्पर्कविहीन भएका छन् । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका नौ जना नागरिक सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
