SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनः स्थापनाका निम्ति १२ टोली परिचालन

काठमाडौं । सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती टोली गठन गरी सम्पर्क व्यक्ति (फोकल पर्सन) समेत तोकेको जनाएको छ। प्राधिकरणका अनुसार सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा इमर्जेन्सी कम्युनिकेशन रेस्टोरेसन टिम गठन गरिएको छ।