SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि ग्लोबल आइएमई बैंकले ५ करोड सहयोग गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।