SHARE
कालिका खबर · बिहीबार ११ भौ २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

चीनले बाढीको सूचना नेपाललाई नदिएको भन्ने आरोपबारे बोल्यो चिनियाँ दूतावास

काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्पष्टीकरण जारी गर्दै ती आरोपहरूलाई ‘भ्रामक समाचार’को संज्ञा दिएको हो । चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसको जानकारी नेपाललाई नदिएको भन्ने दाबीलाई दूतावासले निराधार बताएको छ । दूतावासले सार्वजनिक गरेको तथ्यअनुसार, अगस्ट २६ को बिहान नेपालतर्फ नै भूकम्प वा हिमपहिरो जस्तै प्रकृतिको ठूलो भौगोलिक विपद् आएको थियो । सोही घटनाका कारण केरुङ–रसुवागढी सीमा क्षेत्रमा भीषण लेदोसहितको पहिरो गएको थियो ।