SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

गण्डकी । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।