अपर त्रिशूली–३एमा हेलिकप्टर अवतरण, विद्युत् पुनस्र्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित भएको अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बिहीबार सफलतापूर्वक अवतरण गरेको छ । प्रतिकूल मौसमका कारण बुधबार दुई पटकको प्रयास असफल भएपछि आज हेलिकप्टर आयोजनास्थलमा पुग्न सफल भएको हो । हेलिकप्टर अवतरणसँगै आयोजनाको वास्तविक क्षतिको स्थलगत मूल्याङ्कन सुरु भएको छ ।
