SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

नेपालमा गएको पहिरोले केरुङ नाकामा ठूलो क्षतिः चीनद्वारा उच्चस्तरीय आपत्कालीन उद्धार शुरु

काठमाडौं । नेपालमा गएको विनाशकारी पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिझाङ (तिब्बत) स्वायत्त क्षेत्रमा अवस्थित केरुङ (जिरोङ) नाकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बुधवार बिहान भएको यस प्राकृतिक विपद्पछि चिनियाँ अधिकारीहरूले व्यापक स्तरमा उद्धार र राहत कार्य शुरु गरेका छन् ।