रसुवा बाढी: सेनाका ५ हेलिकोप्टरबाट उद्धार जारी, १७७ जनाको उद्धार
काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले ५ वटा हेलिकोप्टर परिचालन गरेको छ । सेनाका अनुसार हालसम्म हवाई तथा जमिनी माध्यमबाट १७७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार ११४ जनाको हवाई साधनमार्फत उद्धार गरिएको छ ।
