SHARE
कालिका खबर · बुधबार १० भौ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

नाडा अटो शोमा नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक, मूल्य २ करोड १९ लाख ९० हजारदेखि

काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ। “रियल लक्जरी, एज इट सुड बी” मूल नाराका साथ सार्वजनिक गरिएको नयाँ कोडियाकलाई कम्पनीले नेपाली बजारमा लक्जरी एसयूभीको नयाँ मानकका रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक कार्यक्रममा कम्पनीका उच्च नेतृत्व, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको सहभागिता थियो। सात सिट क्षमताको नयाँ कोडियाकमा युरोपेली डिजाइन, चेक परिष्कार र फक्सवागन ग्रुपको इन्जिनियरिङ संयोजन गरिएको कम्पनीले जनाएको छ। गाडीको क्याबिनलाई यात्रुका लागि आरामदायी र शान्त अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ।