SHARE
कालिका खबर · बुधबार १० भौ २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

भक्तपुरका दुई खाद्य व्यवसायमा अनुगमन, सरसफाइ र कीट नियन्त्रण सुधार गर्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसहितको संयुक्त टोलीमार्फत भक्तपुरका दुई खाद्य व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको छ। २०८३ भदौ ८ गते गरिएको अनुगमनका क्रममा श्रीराम एण्ड गोविन्द बाबा एग्रो इन्डस्ट्रिज (शाखा), मध्यपुर थिमी नगरपालिका–१ मा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नरहेको पाइएको छ। उक्त व्यवसायमा दाल, चामल, तेल, मस्यौरा लगायतका खाद्य पदार्थ बिक्री–वितरणका लागि राखिएको तथा केही खाद्य पदार्थका बोरा टुटफुट भएको समेत पाइएको विभागले जनाएको छ।