प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश थिएन, स्वचालित हतियारले गोली हानियो: ओली
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताएका छन् । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएर युवाहरुको ज्यान गएको उनले बताएका छन्। संविधान दिवसको अवसरमा बक्तब्य जारी गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको पनि उनले दाबी गरेका छन्।
