SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

रसुवा बाढीः प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा, ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन

काठमाडौं । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले बुधवार प्रतिनिधि सभाको बैठकमा सरकारको तर्फबाट सम्बोधन गर्दै रसुवा र नुवाकोट लगायतका जिल्लामा जनधनको ठुलो क्षति भएको जानकारी दिए ।