SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः बाह्र जलविद्युत्गृहमा क्षति

काठमाडौं । भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युत्गृहमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको र बाँकी जलविद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।