SHARE
कालिका खबर · बुधबार १० भौ २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

बाढीले धादिङको फुर्केखोलाको पुल बगायो

धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढी धादिङको फुर्केखोलाको पक्की पुल पनि बगाएको छ । धादिङको सदरमुकाम धादिङबेशी जाने मुख्य पुल नै बाढीले बगाएको हो । पुल बगाएसँग धादिङबेशी र पृथ्बी राजमार्गको मुख्य सडकको सम्पर्क टुटेको छ । पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेशी आउजाउ सवारीसाधन तथा यात्रु रोकिएका छन्। स्थानीय प्रसासनले आसपासका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरेको छ ।