SHARE
Kalo Pati · बुधबार १० भौ २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ। बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो। यससम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने जनाइएको छ।