SHARE
Kalo Pati · बुधबार १० भौ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निस्शुल्क गरेको छ । उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निस्शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।