पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई उद्वार कार्यका लागि तयार रहन अध्यक्ष ओलीको निर्देशन
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई उद्वारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन उनले निर्देशन दिएका हुन् । यस्तै अध्यक्ष ओलीले बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको उल्लेख गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् ।
