SHARE
Kalo Pati · बुधबार १० भौ २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिन रवि लामिछानेको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा फेसबुकमा अपिल जारी गर्दै सभापति लामिछानेले पार्टीका नेता, सदस्य र शुभेच्छुकहरूलाई यस्तो कठिन समयमा संयमित र जिम्मेवार भएर अघि बढ्न आग्रह गरे।