SHARE
कालिका खबर · बुधबार १ असो २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो एकजनाको शव

काठमाडौं, १ असोज । कोटेश्वरको भाटभटेनीमा शव फेला परेको छ । जलेको अवस्थामा एकजनाको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा भाटभटेनी लगायत संरचनामा आगजनी भएको थियो ।