SHARE
कालिका खबर · बुधबार १० भौ २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

इरानमाथि अमेरिकी प्रतिबन्धप्रति चीनको आपत्ति, आवश्यक कदम चाल्ने चेतावनी

काठमाडौं । अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि आर्थिक प्रतिबन्ध थप कडा गर्ने घोषणा गरेपछि चीनले आफ्ना राष्ट्रिय हित र अधिकारको रक्षा गर्न ‘सबै आवश्यक कदम’ चाल्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’  नामको नयाँ प्रतिबन्ध घोषणा गरेका थिए । उक्त घोषणापछि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको कडा विरोध गरेका हुन् । प्रवक्ता लिन जियानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृतिबिना र अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकपक्षीय प्रतिबन्धहरू गैरकानुनी भएको बताएका छन् ।