प्रहरीमाथि अभद्र व्यवहार गर्नेविरुद्ध अनुसन्धान जारी
काठमाडौँ । काठमाडौँको बानेश्वरमा ‘ड्युटी’मा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध पाँच दिनको म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले म्याद थप गरी उनीमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा मंगलबार बिहान ड्युटीमा खटिएका प्रहरीले आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले अटेर गर्नुका साथै अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
