SHARE
कालिका खबर · मङगलबार ९ भौ २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

जेइको जे ५ प्रोमा नाडा स्पेशल स्किम, ४७.९९ लाखमै खरिद गर्न सकिने

काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र बलियो ग्राहक मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइको जे ५ प्रोका लागि विशेष नाडा स्पेशल स्किम घोषणा गरेको छ। सीमित अवधिका लागि लागू हुने योजनाअन्तर्गत जेइको जे ५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना पहिलो १०० ग्राहकका लागि मात्र लागू हुनेछ।