SHARE
कालिका खबर · मङगलबार ९ भौ २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

नाडा अटो शोमा रिभोल्टको नयाँ आरभीएक्स सार्वजनिक, मूल्य ३.९९ लाखबाट

काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौँमा जारी नाडा अटो शो २०२६ मा नयाँ आरभीएक्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको छ। रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली तथा प्रविधियुक्त इलेक्ट्रिक बाइकका रूपमा आरभीएक्सलाई प्रस्तुत गरिएको हो। सीमित अवधिका लागि आरभीएक्सको सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोमा रहेको रिभोल्ट पेभिलियन तथा काठमाडौंको पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुमबाट बुकिङ र टेस्ट राइड खुला गरिएको कम्पनीले जनाएको छ। आरभीएक्समा ४ किलोवाटको मिड–ड्राइभ पीएमएसएम मोटर रहेको छ। यसले ५.३ किलोवाटको पिक पावर र ह्विलमा २३० एनएमसम्मको टर्क उत्पादन गर्छ।