SHARE
कालिका खबर · मङगलबार ९ भौ २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

नाडा अटो शोमा सुजुकीको विशेष अफर, स्क्र्याच गर्दा २ लाखसम्म नगद छुट

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ अन्तर्गत विशेष ‘स्क्र्याच एन्ड विन’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत सुजुकीका छनोट गरिएका मोडल बुकिङ गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत २ लाख रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्न सक्नेछन्। यो विशेष अफर नाडा अटो शो अवधिभर सुजुकी प्याभिलियनमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ‘सुजुकी पर्वोत्सव’ योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमालगायतका सुविधा पाउनेछन्। सुविधा मोडलअनुसार फरक हुने जनाइएको छ।