यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
